अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ



काठमाडौं।प्रहरीले अवैध लागूऔषध सहति वभिन्नि स्थानबाट १० जना पक्राउ गरेको छ।

प्रहरीका अनुसार पाँचथरको फदिमि नगरपालकिा-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ रानिटार बस्ने २५ वर्षीय राम बहादुर लिम्बुलाई बुधबार दिउँसो पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहि पक्राउ गरेको हो।

उता, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालकिा-१ स्थित अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालकिा-३ रामपुर टोल बस्ने २९ वर्षीय दलि बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को. २ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परमिाणको गाँजा फेला पारी चालक दलि बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो। साथै थप अनुसन्‌धानको क्रममा उदयपुर बेलका नगरपालकिा-६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ।

कैलालीको लम्किचुहा नगरपालकिा-३ चिसापानीबाट प्रतिबन्धित लागु औषध ट्रमाडोल १९ ट्याब्लेट र एभलि १९ ट्याब्‌लेट सहति सोही नगरपालकिा-२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद समेत ६ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चसिापानीबाट खटिएको प्रहरीले से.४ प २३१६ नम्बरको स्कुटर र लु.६४ प ४५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइ रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्