१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन
काठमाडौं।सरकारले विभिन्न १७ देशका लागि सिफारिस गरेका राजदूत मध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।

समितिको बिहीबार बसेको बैठकले श्रीलंकाका लागि सिफारिस रामकृष्ण भट्टराईबाहेक अन्य १६ राजदूतको नाम अनुमोदन गरेको हो । अनुमोदन हुनेमा डा शंकरप्रसाद शर्मा(भारत),नरेशबिक्रम ढकाल (साउदी अरेबिया),प्रा डा कपिलमान श्रेष्ठ(दक्षिण अफ्रिका),धनप्रसाद पण्डित(इजरायल),सनिल नेपाल (स्पेन),डा शैल रुपाखेती(जर्मनी),लोकदर्शन रेग्मी(अमेरिका),चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य),डा शिवमाया तुम्बाहाङ्फे(दक्षिण कोरिया)छन्।
यसैगरी,जंगबहादुर चौहान(रुस),रमेशचन्द्र पौडेल (कतार),प्राडा कृष्णप्रसाद ओली (चीन),सुम्निमा तुलाधर (डेनमार्क),नेत्रप्रसाद तिमल्सिना (मलेसिया),प्रकाशमणि पोखरेल (पोर्चुगल),रीता धिताल (पाकिस्तान)नाम पनि संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
समिति सदस्य ईश्वरी घर्तीका अनुसार श्रीलंकाका लागि सिफारिस भएका भट्टराईको कागजात नपुगेपछि समितिले निर्णय नगरेको हो । भट्टराईको स्नातक उत्तीर्णको प्रमाणपत्र नभेटिएको जनाइएको छ । उनीबारे समितिले प्रमाणपत्र आएपछि निर्णय लिनेछ ।

