साहस उर्जाले ८ प्रतिशत बोनस सेयर दिने, हकप्रद पनि जारी गर्दै



काठमाडौं।संस्थापक,स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि समाप्त हुने घोषणा गरेको साहस ऊर्जाले सेयरधनीका लागि लाभांश बितरण गर्ने भएको छ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर बितरण गर्ने घोषणा गरेको हो । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ । यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन्।

लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्