केजरीवालले दिए राजीनामा,आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री
काठमाडौं । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । आम आदमी पार्टीका नेता गोपाल राईले सो जानकारी दिएका हुन् ।
गोपाल राईले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’
आपका शीर्ष नेताको जेल यात्राले आतिशीलाई खुल्यो मुख्यमन्त्रीको बाटो, यस्तो छ विगत उनले थप भने, ‘दिल्लीमा सरकार चलाउन आम आदमी पार्टीको विधायक दलको बिहानको बैठकमा सर्वसम्मतिले आतिशीलाई चयन गरिएको छ । आम आदमी पार्टीको तर्फबाट हामीले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई यो निर्णयको बारेमा जानकारी गराएका छौं।’
अब आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बन्नेछिन् ।