सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं।सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल छन्। मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक,टिकटक,इन्स्ट्राग्राम,ट्विटर,वाटस्एप,म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने,गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने,अराजक गतिविर्धा गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मंगलबार प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो।
प्रहरीले उनीविरूद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको जनाएको छ।

