थपियो अर्को राजनीतिक दल,महतोले खोले नयाँ पार्टी

काठमाडौं।नेपाली राजनीतिमा अर्को एउटा दल थपिएको छ।राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेसंगै अर्को नयाँ दल थपिएको हो।

आफैं अध्यक्ष रहने गरी मङ्गलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामको नयाँ राजनीतिक दल घोषणा गरेका हुन्।
संयोजक महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने जानकारी दिए।
लोकतान्त्रिक समाजवादी पार्टी,नेपालबाट अलग भएको करिब आठ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका थिए।

