वरिष्ठतम न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस




काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउत लाई सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।

श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । प्रधानन्यायाधीश नियुक्त भएमा राउतले १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संबैधानिक व्यबस्था छ।

प्रतिक्रिया दिनुहोस्