स्थानीय तहका रिक्त ४१ पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुने
काठमाडौं।विभिन्न स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुनेभएको छ।

निर्वाचन आयोगको सिफारिशमा हिंजो बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेसंगै स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका २ प्रमुखसहित ४१ जना जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सिफारिश गरेका थिए।
आयोगको सिफारिशअनुसार मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए।
प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

