संघीय संसद्को चालु अधिवेशन अन्त्य हुँदै,सभामुखले बोलाए कार्य व्यबस्था समितिको बैठक

काठमाडौँ।संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आज मध्याह्न १२:१५ मा संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको वहाँको सचिवालयले जनाएको छ।
संसद्को यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो

