घट्यो पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य




काठमाडौं।नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ।घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगम संचालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्