नगरप्रमुख शेर्पाद्वारा सोलुदुधकुण्ड नगरपालिका -८ को वडा कार्यालय भवन शिलान्यास
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ को प्रशासनिक भवन शिलान्यास गरिएको छ।

आईतवार आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सो भवनको शिलान्यास गर्नुभएको हो।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शेर्पाले गुणस्तरीय रूपमा समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो।
ग्रीनतारा कन्ट्रक्सनले भ्याटसहित १ करोड १३ लाख ५४ हजार लागतमा ७ वटा कोठा सहितको २ तले भवन आगामी जेठमा निर्माण सम्पन्न गर्ने गरी
गत साउन १९ गते सम्झौता सम्पन्न भएको कार्यक्रममा जानकारी गराईएको थियो।
वडाध्यक्ष पासाङ कट्वालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख गान्धीमाया तामाङ लगायत अन्य जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो।

