माओवादी केन्द्र आउंदो निर्बाचनमा मुस्किलले राष्ट्रिय पार्टी बन्ने ओलीको आंकलन




काठमाडौँ ।प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले बन्ने दावी गरेका छन्।

शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले विगतमा निर्वाचनहरूमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४-५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने आंकलन गरे।

ओलीले भने-जनतामा यदि विश्वास हरायो भने मैले एउटा देखेको थिए–स्थापित एउटा पेपरमा हिजो मात्रै होला । माओवादीको १९ लाख भोट भोट कहाँ गयो भन्ने ? गम्भीर प्रश्न, विश्लेषण थियो । मैले हिजो एउटा पत्रिकामा हेरेको थिए । एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दा खेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दा खेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दा खेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दा खेरी ४-५ लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि । अवस्था त्यो छ ।

एमालेले भने एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी उनको थियो।ओलीले एमालेसँग अहिले मिसन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।
file foto

प्रतिक्रिया दिनुहोस्