थुलुङ दुधकोशीबाट नवजात शिशुसहित सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार



सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबाट नवजात शिशु र सुत्केरी आमाको हेलिकप्टरमार्फत उद्दार गरेको छ ।

गाउँपालिकास्थित थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा सिजेरियन सेक्सन अर्थात अप्रेसनबाट छोरालाई जन्म दिएकी गाउँपालिकाको वडा नम्बर ६ मुक्लीकी अमृता राईसहित उनको नवजात शिशुलाई गाउँपालिका अध्यक्ष अशिम राईको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको
गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

थुलुङ दुधकाेशीका गाउँप्रहरी समेत रहेकी अमृताले अप्रेसनमार्फत जन्म दिएको शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौं लगिएको बताउनुभयो । यसअघि पनि गाउँपालिकाले २ जना नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ ।

आमा र शिशु दुबैकाे स्वास्थ्य लाभकाे लागि गाउँपालिका अध्यक्ष असिम राइले कामना गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्