कालिकादेवी माबि पञ्चनमा १ लाख ११ हजार १११ रुपैयाँको ‘रत्नसावित्रा ढुङ्गाना अक्षय कोष’स्थापना



सोलुखुम्बु।थुलुङ दुधकोशीको गाउँपालिकाको वडा नं-३ पञ्चनमा रहेको कालिकादेवी माध्यमिक विद्यालय मा १ लाख ११ हजार १ ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय रत्न प्रसाद ढुङ्गाना र माता सावित्रा ढुङ्गानाको स्मृतिमा छोराहरु कृष्ण प्रसाद ढुंगाना र खेमराज ढुङ्गाना तथा छोरी होम कुमारी ढुङ्गाना (निरौला) ले संयुक्त रूपमा ‘रत्नसावित्रा ढुङ्गाना अक्षय कोष’ स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक बिष्णु ढुंगेलले जानकारी दिनुभयो।कृष्ण प्रसाद सोही विद्यालयको पूर्ब प्रधानाध्यापक हुनुहुन्छ।

ब्याजबाट कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट हुने २ जना विद्यार्थीलाई प्रोत्साहन रकम प्रदान गर्ने गरि स्थापना गरिएको सो अक्षय कोष बराबरको रकम शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको ढुंगेलले बताउनुभयो। उहाँले विद्यालयको पुस्तकालयमा रहने गरि श्रीमद्भागवत देवी पुराण उपलब्ध गराउनुका साथै कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट हुने कमला कार्की र निर्मला निरौलालाई नगद पाँच सय पचपन्न रुपैयाँ समेत प्रदान गर्नुभएको थियो ।

ढुंगेलका अनुसार शुक्रबार नै शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरि पुरस्कार समेत वितरण गरिएको छ ।

थुलुङ दुधकोशी-३ का वडाध्यक्ष इन्द्रमणी दाहालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीन प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा ३.२ भन्दा माथिल्लो जिपिए ल्याई यस विद्यालयको कक्षा ११ मा भर्ना भएका ४ जना(प्रताप निरौला, मनिषा कोइराला, सुजन निरौला र कुशल कार्की), एकाघरका दुई जना हुने मध्ये २ जना (उमा भुजेल र तोयानाथ कोइराला) र कक्षा ११ मा उत्कृष्ट हुने १ जना(कमला कार्की)लाई प्रति विद्यार्थी रू. २,५००/- का दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्