सोलुदुधकुण्ड नगरपालिकालाई नेपाली कांग्रेस स्थानीय तह समन्वय बिभागको सम्मान



काठमाडौं।नेपाली कांग्रेसबाट निर्बाचित स्थानीय तहमा उत्कृष्ट भए बापत नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा नगर प्रमुख रहेको सोलुदुधकुण्ड नगरपालिका सम्मानित भएको छ।

संस्थागत क्षमता स्व-मूल्यांकन तथा बित्तीय सुशासन जोखिम मूल्यांकनमा उत्कृष्ट र महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु भएका स्थानीय तहलाई सम्मानित गर्ने क्रममा बिहीबार शेर्पा प्रमुख रहेको सोलुदुधकुण्ड नगरपालिकालाई सम्मानित गरिएको हो।

नेपाली कांग्रेस स्थानीय तह समन्वय बिभागद्वारा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट निर्बाचित भएर उत्कृष्ट कार्य गर्ने सोलुदुधकुण्डसहित २१ स्थानीय तहलाई सभापति शेरबहादुर देउवा एवं पार्टीका पदाधिकारीले सम्मान गरेका थिए।पार्टी जिल्ला कार्यसमिति बैठक भएका कारण नगरप्रमुख शेर्पाको कार्यक्रममा उपस्थिति नरहेको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले जनतासँग गरेका बाचालाई स्थानीय सरकारले इमान्दारका साथ पूरा गनुपर्ने बताएका छन् । उनले बाचाअनुरूप काम गर्न सुझाब दिए । 
उनले  भने, ‘हामीले ३३२ वटा पालिकामा नेतृत्व प्राप्त गर्यौैं । स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टी हौँ । केही बाचा गरेर स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेका हौँ, संकल्प पत्रमा ती कुरा स्पष्टसँग उल्लेख गरेका छौँ । त्यस्ता बाचाअनुरुप काम गर्नु परिणाम आउँछ, आउँदैन त्यो सबै हाम्रो नियन्त्रणमा छैन, तर त्यसका निम्ति प्रयत्न गर्नु निर्वाचित हुने सबैको कर्तव्य र धर्म हो ।’

प्रतिक्रिया दिनुहोस्