दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने



काठमाडौं । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोटको सट्टा सुकिला नोट उपलब्ध गराउन लागेको हो।उपलब्ध नगराउने भएको हो । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्