नेपाल लाईफ ईन्स्योरेन्सलाई रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाको सम्मान



सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु जिल्ला शाखाले नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीलाई सम्मानित गरेको छ।

मानवीय सेवाका लागि विभिन्न कार्य गर्न सहयोग पुर्‍यााएको भन्दै ६२ औं स्थापना दिवसका अवसरमा सदरमुकाम सल्लेरीमा बुधबार आयोजित कार्यक्रममा कम्पनीलाई सम्मानित गरिएको हो।

रेडक्रस सोलुखुम्बु जिल्ला शाखा सभापति रामकाजी श्रेष्ठको अध्यक्षतामा रेडक्रस कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सोलुखुम्बु शाखा प्रबन्धक प्रकाश कार्कीलाई सम्मान स्वरुप प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ को ४६०० मिटर उचाईमा अवस्थित पवित्र धार्मिकस्थल दुधकुण्डमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बु अन्तर्गत टाक्सिन्दू उपशाखाको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुने निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुर्‍याई मानवीय सेवाको अभियानमा जोडिएका कारण सम्मान गरिएको कम्पनीलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्