टान निर्बाचन ; कांग्रेस-एमालेको संयुक्त गठबन्धन र माओवादी प्यानल चुनावी मैदानमा

काठमाडौं।ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) को १७ गते हुने निर्बाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ।

पर्यटन व्यवसायीहरुको छाता संगठन टानको भावी नेतृत्वका लागि हुने निर्बाचनको कार्यतालिका अनुसार बिहीवार मालिगाउँमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको निर्बाचन समितिले जनाएको छ।समितिले जनाए अनुसार बिहीबार निर्धारित समयभित्र अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ।अध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डे छन्।
दुबै जनाको समूहगत उम्मेदवारी दर्ता भएको बताईएको छ।सापकोटाले कांग्रेस-एमालेको संयुक्त गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन भने पाण्डेले माओवादी नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन्।
सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,द्वितीय उपाध्यक्षमा सनम शेर्पा,प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद लम्साल,महासचिवमा राजेन्द्र सुवेदी,सचिब रिञ्जी जाङ्बु शेर्पा,कोषाध्यक्ष गौतम राज वाग्ले,र सह-कोषाद्य्क्ष लाक्पा तेम्बा शेर्पा छन्।
यो समूहबाट सागर राई,सुमन अर्याल,राजु गुरुङ,दिनेश तिम्सिना,बिश्व दाहाल,भुवन बहादुर खड्का,दावा ग्याल्जेन शेर्पा र छप्ते लामाले कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका छन्।
उता पाण्डे नेतृत्वको समूहबाट भने वरिष्ठ उपाध्यक्ष चोलेन्द्र कार्की,
प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ),द्वितीय उपाध्यक्षमा निशेष थापा,महासचिव सोनाम ग्याल्जेन शेर्पा,सचिवमा सजना त्रिपाठी
कोषाध्यक्षमा गणेश न्यौपाने र सह-कोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दर्ता गराएको समितिले जनाएको छ।
त्यस्तै यो समूहबाट कार्यसमिति सदस्यका लागि शृष्टी भण्डारी, अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला,बिनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी (भोटे)को उम्मेदवारी परेको छ।(सम्पादित)

