बाँकेको कोहलपुरमा बस दुर्घटना : दुईजनाको मृत्यु, २६ घाइते

काठमाडौँ।दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । बस चालक हाम्रो नियन्त्रणमा छ,डीआईजी कडायतले भने ।

