बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म २०८ जनाको मृत्यु

काठमाडौ।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस अवधिमा २ सय ७१ जना घाइते,५३ जना वेपत्ता र ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् । file foto

