सिन्धुलीमा हाइलक्स जिप दुर्घटना,तीन जना सुनकोसी नदीमा बेपत्ता



सिन्धुली।सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ अन्तर्गत च्याखुटार र कुँडुलेको बिच भागतिरबाट हाइलक्स जिप सुनकोशी नदीमा
खस्दा तीनजना बेपत्ता भएका छन्।

चार जना सवार हाइलेक्स जिप खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किएको थियो। नदीमा खसेका एक यात्रु भने पौडिएर निस्किएको सिन्धुली प्रहरीले जनाएको छ।

बेपत्ता भएका तीनजनाको अवस्था अज्ञात रहेको स्थानीयले बताएका छन्।पौडिएर निस्किएका व्यक्ति घाइते अवस्थामा रहेकोले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्