भर्चुअल माध्यमबाट एमाले सोलुखुम्बु प्रचार बिभागको बैठक सम्पन्न



सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बु,प्रचार तथा प्रकाशन बिभागको पहिलो बैठक भर्चुअल रुपमा सम्पन्न भएको छ ।

शनिबार डिजिटल प्ल्याटफर्मको सदुपयोग गर्दै बिभागले नेकपा एमाले जिल्ला कमिटी सोलुुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यता तथा सचिव कल्पना राईको बिषेश उपस्थितिमा बैठक सम्पन्न गरेको हो ।

बैठकले बिभागलाई पुर्णता दिनका लागि जिल्लाका आठ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी सदस्य मनोनित गरी अनुमोदनका लागि जिल्ला कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ । आगामी दिनमा बिभागले जिम्मेवारी,दायित्वलाई आत्मसात गर्दै पार्टीका गतिबिधिलाई सबै माझ पुर्याउन तथा प्रचारका अन्य कार्यलाई योजनाबद्ध एवं प्रभावकारी ढंगबाट अगाडी बढाउन जिल्ला कमिटीसँग समन्वय गर्दै अगाडी बढ्ने बिभागका प्रमुख नुतन श्रेष्ठले बताउनुभयो ।

बैठकमा अध्यक्ष डुफकुमार बास्तोलाले बिभागको जिम्मेवारीका बिषयमा जानकारी गराउदै आगामी दिनमा पार्टीको प्रचार नीतिलाई आधार बनाएर बिभाग मार्फत बर्तमान युगलाई सुहाउँदो प्रचारका कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । वहाँले सुचना प्रविधिको भरपुर प्रयोग गर्दै पार्टीका गतिबिधिलाई सबै माझ पुर्याउन, सामाजिक सञ्जालको समुचित प्रयोग गरी सहि सुचना प्रवाहमा कार्य गर्नुपर्ने निर्देशनात्मक भनाई राख्नु भयो ।

जिल्ला कमिटीका सचिव कल्पना राईले अझै पार्टीका सम्पुर्ण गतिबिधिलाई प्रचार गर्न नसकिएको जकिर गर्दै यसलाई चिर्न अझै पनि यससँग सम्बन्धित अन्यलाई पनि बिभागमा समेटेर जानु पर्ने सुझाव दिनुभयो ।

बैठकले बिभाग मार्फत आगामी दिनमा सम्पादन गरिनु पर्ने तथा गर्न सक्ने कार्यहरुलाई समेटेर कार्ययोजना बनाउने एवं कार्यान्वयनमा जाने निर्णय गरेको छ । त्यस्तै बैठकमा जिल्ला कमिटी तथा माथिल्लो कमिटीसँग समन्वय गरी पार्टीको प्रचार भेला आयोजना गर्ने बिषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्