बाढीपहिरो लगायतका विपद्मा परी ज्यान गुमाउनेको संख्या १९५ पुग्यो




काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस अवधिमा २ सय ४७ जना घाइते,४९ जना वेपत्ता र ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन्।
बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेको,३ सय ४२ वटा घर,१ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको तथा ९ सय ९ वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जनाएको छ। file foto

प्रतिक्रिया दिनुहोस्