मनसुन जन्य बिपदका कारण हालसम्म गुमाए १ सय ९० जनाले ज्यान

काठमाडौं।मनसुनजन्य बिपदका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गरि सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार,काठमाडौं उपत्यकामा ११ जना,कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना,बागमती प्रदेशमा २३ जना,गण्डकी प्रदेशमा ४५ जना,लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन् भने ४९ जना वेपत्ता भएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएका छन् । -file foto

