कपन सरस्वतीनगरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ



काठमाडौं।काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।

उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्