पहिरोले चर्च पुरिंदा रोल्पामा एक महिलाको मृत्यु,दुई जना घाइते

रोल्पा।रोल्पा नगरपालिका-२ मुलपानीस्थित बेथेल मण्डली आइतबार बिहान माथिबाट आएको पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मण्डलीमा सुतिरहेकी सोही नगरपालिका-१० धासी बस्ने ७० वर्षीया धनजिता बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। साथै पहिरोले पुरिँदा घाइते भएका मण्डलीमा सुतिरहेका सोही नगरपालिका-४ खाद्य टोल बस्ने सुनछहरी गाउँपालिका-३ बाहिरी गाम घर भएकी १८ वर्षीया नौमा घर्तिमगर र २८ वर्षीय सागर बुढा मगरलाई उपचारको लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ ।
यस सम्बन्धमा आवश्यक उद्दार कार्य तथा अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

