अर्का केन्द्रीय सदस्यले पनि त्यागे आजपा
काठमाडौं।आम जनता पार्टीका केन्द्रीय सदस्य रमेश याेञ्जनले पनि सो पार्टी परित्याग गरेका छन् ।

शनिबार प्रेस बिज्ञप्ति प्रकाशित गर्दै योन्जनले अवसर नपाउँदा विराेधकाे ढाेङ रचे जस्तो गरी अवसरको खाेजी र क्षणिक स्वार्थका लागि पार्टी सिद्धान्त र हितविपरीत दाैडने नेतृत्वबाट देश र जनताको पक्षमा कुनै पनि काम हुन नसक्ने ठहर गर्दै आफुले सो पार्टी पूर्णत परित्याग गरेको जनाएका छन्।
पार्टीको पछिल्लो गतिविधि क्षेत्रीयवाद,व्यक्तिवाद,नातावाद-क्रिपावाद, गुटगत स्वार्थ र अवसरवाद,मनोगत प्रवृत्ति,सारसंग्रहवाद,नेता र कार्यकर्तामा मालिक र दासको व्यबहार देखाउने प्रवृत्तिको भएको आरोप समेत लगाएका छन्।
शुक्रबार आजपाका केन्द्रीय सदस्य बलभद्र आचार्यले पनि पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

