नेचासल्यानकी ‘ब्लड क्यान्सर’ पीडित ढुंगानाको उपचारका लागि जुट्यो २ लाख बढी आर्थिक सहयोग



सोलुखुम्बु।काठमाडौंको वीर अस्पतालमा उपचाररत ‘ब्लड क्यान्सर’ पीडित टोपकुमारी ढुङ्गानाको उपचारका लागि २ लाख बढी आर्थिक सहयोग जुटेको छ ।

नेपाली कांग्रेसका युवा नेता द्रोण बास्तोलाको पहलमा श्रावन ९ गतेबाट सुरु भएको अभियानमार्फत सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं १ फेदीका ६१ वर्षीय ढुंगानाको उपचारका लागि सो सहयोग रकम जुटेको हो। देश विदेशबाट सहयोगीहरुले सहयोग गरेको रकम पिडित परिवारको खातामा जम्मा गरि दिएको नेता द्रोण बास्तोलाले जानकारी दिए ।

श्रावण १६ गतेसम्म संचालित अभियानमामार्फत २ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ सहयोग सहयोग जुेटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्