नेबिसंघ सोलुखुम्बु र द ब्राइट फ्युचर सेन्टरबीच नि:शुल्क कम्प्युटर तालिम सम्बन्धि सम्झौता सम्पन्न



सोलुखुम्बु।नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बु र द ब्राइट फ्युचर सेन्टर सोलुखुम्बुबीच विद्यार्थीहरुलाई नि:शुल्क कम्प्युटर तालिम सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

संघका कार्यबाहक अध्यक्ष मोहनकृष्ण निरौला र सेन्टरका अध्यक्ष गेल्बु शेर्पाले शनिबार १०० जना विद्यार्थीलाई नि:शुल्क आधारभूत कम्प्युटर तालिम सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जनाएको छ।

सम्झौता अनुसार हस्ताक्षर भएको सम्पन्न भएको मितिले एक बर्षसम्म द ब्राईट फ्युचर सोलुखुम्बुले संघको सिफारिसमा १०० जना विद्यार्थीहरुलाई नि:शुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गर्ने कार्यबाहक अध्यक्ष निरौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्