आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरी सेनाका जवानले गरे आत्महत्या



नवलपरासी।नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरी आत्महत्या गरेका छन्।

कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैंलाई प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

धादिङ गल्छी गाउँपालिका-४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई मिजार हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत थिए।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्