हिलेपानीमा जीप दुर्घटना हुँदा १२ घाइते,अधिकांश ओखलढुंगा चिसंखुगढीबासी
सोलुखुम्बु।धरानबाट ओखलढुंगातर्फ आउँदै गरेको जीप ओखलढुंगाको हिलेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

को.१ज २८३५ नम्बरको सुमो गाडी अचानक अनियन्त्रित भई सडककबाट अन्दाजी १० मिटर तल झरी दुर्घटना हुँदा अधिकांश यात्रु ओखलढुंगा चिशंखुगढी गाउँपालिका-१ का रहेकोजिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनामा जीप चालक मोरंङको सुन्दर हरैंचा नगरपालिका -६ का सुमन लिम्बु,सोही ठाउँका उदय लिम्बु छन्।यसैगरी ओखलढुंगा चिशंखुगढी गाउंपालिका-१ बस्ने राधिका राई,धनमाया मगर र उनकै
नाती शेखर मगर,सुनिता राई उनकै छोरा बर्ष ३ को कवाङ तामाङ,बेनिबहादुर कार्कीको किरण कार्की,सीताकुमारी निरौला पेशल कुमार निरौला छन्।तत्काल बोल्न नसक्ने भएका कारण एकजनाको नाम थर वतन खुल्न सकेको छैन।
घाइतेहरुलाई उपचारका ओखलढुंगाको मिसन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

