टान अध्यक्षका लागि उम्मेदवारी दिने निबर्तमान प्रथम उपाध्यक्ष कार्कीको घोषणा



काठमाडौं। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले आगामी निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगतमा भएको सहमति अनुसार आफुले आगामी सेप्टेम्बर २ मा हुन गइरहेको निर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।

सामाजिक फेसबुकमा उनले लेखेका छन्-‘आगामि सेप्टेम्बर २ मा हुन गइरहेको ट्रेकिङग एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) Trekking Agencies Association of Nepal (TAAN) को निर्वाचनमा विगतको सहमति सहकार्य र एकतालाइ स्विकार्दै यो पटक टानको अध्यक्ष पदमा उम्मेद्वारी दिने सम्पुर्ण पर्यटन ब्यबसायीज्यूहरुमा जानकारी सहित सहयोगको अपेक्षा राखेको छु ।’

प्रतिक्रिया दिनुहोस्