आजपासंगको एकता प्रक्रियाबाट बाहिरियो नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले आम जनता पार्टीसंगको एकता प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ ।

माओवादी समाजबादीका सचिब एबम् प्रबक्ता अरुण घिसिङले बुधबार एक बिज्ञप्ति प्रकाशित गरि आजपासंगको एकता प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन्।घिसिङले बिज्ञप्तिमा भनेका छन्- २०७९ चैत्र १० गते अनामनगर घट्टेकुलो स्थित किम्चि पाटी प्यालेसमा एक समारोहका बिच एकता भएको थियो । एकता प्रक्रियामा भएको राजनैतिक वैचारिक सहमतिमा पार्टीको मुल नेतृत्वमा सर्वहारा वर्गीय दृष्टिकोण क्रान्तिकारी आचरण मुलतः वर्गीय दृष्टिकोणमा अकर्मण्यता देखा परेको हुँदा आजको मिति देखि एकता प्रक्रियाबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बाहिरीएका छौ र नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक ढिक्का भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न अपिल गर्दै आगामी साउन २२ गते काठमाडौमा बस्ने केन्द्रीय समितिको बैठकले भावी दिशा निर्णय गर्नेछौं ।
यो अवधीमा सहयोग गर्नुहुने आम पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, बुद्धिजीवी, सञ्चारकर्मी लगायत आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।’

