काठमाडौं उपत्यकामा भारी बर्षां, गोदावरी र हनुमन्ते वरिपरि डुबानमा
काठमाडौं।काठमाडौं उपत्यकामा गएरातिदेखि परेको भारी वर्षाका कारण अधिकांश नदी किनारका बस्ती र संरचनाहरु डुबानमा परेका छन्।

बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह पार गर्दा बस्ती डुबानमा परेका हुन। जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौंको धोबीखोला,चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।
ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ। ती क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

