बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए बिश्वासको मत : पक्षमा ६४, विपक्षमा ३५ मत

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बिश्वासको मत प्राप्त गरेका छन्।

साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले मंगलबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ६४ मत तथा विपक्षमा ३५ मत परेको थियो। तटस्थमा तीन मत परेको थियो।नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। त्यस्तै,नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका हुन्।
बागमती प्रदेश सभामा सात दलका ११० सांसद रहेकामा मंगलबारको बैठकमा १०३ जना सदस्य उपस्थित थिए।

