आर्थिक प्रलोभन देखाएर अनलाइन ठगी गर्ने ब्यक्ति पक्राउ
काठमाडौं।सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीलेपक्राउ गरेको छ ।

काठमाडौँ अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका-३ बाट पक्राउ गरेको हो। अहमदले पीडितहरुलाई डलर,कम्प्युटर,ल्यापटप,आईफोनसहितको लगेज,विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

