तीन प्रदेश प्रमुख फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं।सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्री परिषद बैठकले बागमती,लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता बोलाईएका तिनवटै प्रदेश प्रमुख माओवादी कोटाबाट नियुक्त भएका थिए।
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको हो।-फाईल फोटो

