प्रधानमन्त्री ओली लगायत नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान !
काठमाडौं।प्रधानमन्त्री केपी ओलीसहित नेताहरूको मृत्युको कामना गर्द अनुष्ठान गरिरहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पं.पुष्कर खतिवडा छन्।प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।

