एमालेको सारा पंक्ति मिसन-८४ मा केन्द्रित हुनुपर्छ : पूर्बमन्त्री चौधरी



इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पंक्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४ लाई ध्यानमा राखेर गर्नुपर्ने कुराहरूलाई ध्यान दिनुपर्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् । हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ।सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’

पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । नव प्रवेशीहरूले पनि इमान्दारिकताका साथ जनताका निम्ति काम गर्न उनले आग्रह गरिन् ।

‘जसले अनुशासित भएर जनताका निम्ति काम गर्छ उ नै भोली गएर नेता हुने हो । जनताको बिचमा जो पपुलर हुन्छ त्यो व्यक्ति नै नेता बन्छ। तर हामीले बाह्य प्रतिस्पर्धा हुँदा आन्तरिक कुरालाई बिर्सेर एक भएर लाग्नुपर्छ’, उनले भने । समाजवादको आधार बनाउँदै जानुपर्ने भन्दै उनले नेकपा एमाले नेतृत्वको राष्ट्रिय

सरकार बनेकाले यसले केही स्थायित्व पाउने विश्वास व्यक्त गरे। ‘नेपालभित्र धेरै कम्युनिस्ट पार्टीमध्ये राष्ट्रियताको मुद्दा बोकेर राष्ट्र बनाउने दिशामा जाने पार्टी नेकपा एमाले नै हो। एमालेले समाजवादको आधार तय गर्छ। त्यसका निम्ति कम्तीमा पनि सरकारले स्थायित्व पाउनुपर्छ’, उनी भन्छन् ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रोहित कार्की, राम देव यादवको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्