कांग्रेस अहिले सिद्धान्तहिन अवस्थामा पुगेको छ :सुजाता कोइराला



काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले सिद्धान्तबिना राजनीतिक पार्टी बाँच्न नसक्ने बताउंदै कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् ।

शनिबार काठमाडौँमा आयोजित ४२औँ बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले
सो कुरा बताएकी हुन।बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने उनको भनाई थियो।

उनले भनिन्,‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बदनाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बदनाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्,‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात् गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्