बालुवाटारमा एमाले सोलुखुम्बुको टोली , प्रधानमन्त्री ओलीलाई दियो बधाई तथा शुभकामना
काठमाडौं। नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रधानमन्त्री केपी ओलीलाई भेटी बधाई तथा शुभकामनासंगै आभार पनि प्रकट गरेको छ।

अध्यक्ष डुफ कुमार बास्तोलाको नेतृत्वमा शुक्रबार बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जिल्ला कमिटीको टोलीले जिल्लाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य राईलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा आभार प्रकट गरेको हो।चौथो कार्यकालका लागि गत असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले ३१ गते राईलाई रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो।
नेकपा एमाले सोलुखुम्बुबाट निर्बाचित जनप्रतिनिधिले राज्य सञ्चालनको तहमा प्राप्त गरेको यो हालसम्मकै महत्वपूर्ण पद भएको जिल्ला कमिटी अध्यक्ष बास्तोलाले बताउनुभयो।बाँस्तोलाका अनुसार भेटका अवसरमा प्रधानमन्त्री ओलीलाई जिल्ला कमिटीको तर्फबाट बधाई तथा शुभकामना पत्रसमेत हस्तान्तरण गरिएको थियो।
सो टोलीमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पूर्बराज्यमन्त्री उत्तमकुमार बस्नेत,जिल्ला कमिटी सोलुखुम्बुका उपाध्यक्ष आशकुमार राई’शिशिर’, पूर्ब प्रदेश कमिटी सदस्य रक्षामन्त्री राईका स्वकीय सचिब बच्चुनारायण श्रेष्ठ,उपसचिवद्वय मिङ्माछिरी शेर्पा र मोहनकुमारी कार्की, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रवेश किराँती,नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष गोम राई लगायतको सहभागिता रहेको थियो।
यस्तो छ बधाई तथा शुभकामनापत्र
सम्माननीय के.पी. ओलीज्यू प्रधानमन्त्री नेपाल सरकार
नेकपा एमालेका अभिभावक तथा आदरणीय अध्यक्ष तपाई श्री के.पी ओलीज्यू नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा नेकपा (एमाले) सोलुखुम्बू जिल्ला कमिटी तथा सिंगो जिल्लाबासीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै लामो समय पश्चात सोलुखुम्बुमा विपक्षी पार्टीको रजगजलाई तोड्दै वि.सं. २०७२ को निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभामा सानदार मतका साथ निर्वाचित हुनुभएका माननीय मानबिर राईज्यूलाई तपाईको नेतृत्वमा रहेको नेपाल सरकारको रक्षा मन्त्री जस्तो गरीमामयी पदको जिम्मेवारी समेत प्रदान गर्नुभएकोमा नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटी तथा सम्पूर्ण जिल्लाबासीको तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले) केन्द्रीय कमिटिप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं। यहाँको कार्यकाल सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
क. डुफ कमार बस्तोला
अध्यक्ष जिल्ला कमिटी सोलुखुम्बु
शुक्रबार ११ साउन २०८१

