बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १३९ जनाको मृत्यु



काठमाडौँ।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना,कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३९ जनाको मृत्यु र १ सय ५६ जना भएको हो।

बाढीको कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ३८ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ३ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‌का घटनाबाट ४ हजार ३० घर परिवार विस्थापित भएका छन् ।
-फाईल फोटो

प्रतिक्रिया दिनुहोस्