बागमतीको मुख्यमन्त्रीमा संसदीय दलका नेता लामालाई अघि बढाउँदै कांग्रेस



हेटौंडा।नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको छ।नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा बहादुर सिं लामालाई पठाउने सर्बसम्मत निर्णय गरेको थियो।मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुहुन्छ, उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ,’ थपलियाले भने, ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर संघीय सरकार बनेसंगै बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले समर्थन फिर्ता लिएसंगै आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । त्यस्तै कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ । एमालेले पनि मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने गरेको छ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्