पाहुना आएका आफ्नै भिनाजुको हत्या गर्ने थुलुङदुधकोशीका एक ब्यक्ति पक्राउ



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजुको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पर्ण बहादुर बस्नेत छन्।६० वर्षीय आफ्नै भिनाजु सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु,प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न भनिएका लामिछाने नेपाली सेनाका अवकाश प्राप्त व्यक्ति हुन भने उनी मानसिक रोगी समेत भएको स्थानीयले बताएका छन् ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्