नेपाल प्रेस युनियन युरोप शाखाको महासचिवमा भट्टराई
काठमाडौं। नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले प्रबल भट्टराईलाई महासचिव चयन गरेको छ।

आईतवार जुममार्फत सम्पन्न भएको अधिवेशनले अध्यक्षमा सञ्जयभक्त कडेंल र महासचिवमा भट्टराईसहित १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको युनियनले जनाएको छ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल,भरत प्रधान र सबिना श्रेष्ठ,उपमहासचिवमा प्रतीक लामिछाने,सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन भएका छन्।यसैगरी कञ्चन प्रसाई,आशिष बस्नेत, विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानियाँ,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग शाखा सदस्यमा निर्बाचित भएको जनाईएको छ।
अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस(एमाले गठबन्धनको सरकारले नागरिकका निराशा चिर्ने गरी काम गर्नुपर्ने बताउँदै लोकप्रियताको राजनीतिले राज्यका संस्था र उपलब्धिलाई बर्बाद पार्ने भएकोले पपुलिष्ट राजनीतिक शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी,प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल,गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्य,नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम,कांग्रेस नेता राजकुमार त्रिपाठी,प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल,युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम,नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष डा.यादव पण्डित, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा,नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल,नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका सभापति सालिक गौतम,रोयल बरो अफ ग्रीनवीच लण्डनका मेयर जीत रानाभाट,नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई,नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा,वरिष्ठ पत्रकार भागीरथ योगी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी,नेपाल प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

