बढ्यो पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।

