नवनियुक्त २१ मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त २१ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफुले चौथो कार्यकालका लागि सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले २ उपप्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुलाई शितल निवासमा आयोजित कार्यक्रममा सपथ गराउनुभएको हो।

आज सपथ लिनेमा कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्रीमा प्रकाशमान सिंह,एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री छन्।

एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार,कांग्रेसका रमेश लेखक गृहमन्त्री,एमालेबाट विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र मानवीर राई रक्षा मन्त्रीले पनि सपथ लिएका छन् ।

त्यस्तै,कांग्रेसबाट अजय चौरसिया कानून, बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद, रामनाथ अधिकारी कृषि मन्त्री, दीपक खड्का उर्जा, डा आरजु राणा परराष्ट्र र ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री लोसपाबाट शरतसिंह भण्डारी श्रम तथा रोजगार, जसपाबाट प्रदीप यादव खानेपानी र नवलकिशोर साह सुडी महिला तथा बालबालिका मन्त्रीले पनि आजै सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्