मोरङमा कुखुरा फर्म सञ्चालकको हत्या,कामदार फरार
मोरङ।मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्या भएको छ।घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईँको त्यही फार्मभित्र बिहीबार करिब साढे १० बजे शव फेला परेको हो ।

प्रहरीका अनुसार बजगाईँको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । घटनास्थलमा रगत लत्पतिएको अवस्थामा एउटा बन्चरो र दाउ फेला परेको प्रहरीले जनाएको छ ।
उनको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ । हत्यामा संलग्नको पहिचान भइसकेको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले बताए।फर्ममा काम गर्ने कर्मचारीबाट हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको उनले बताए । ‘हत्या भएपछि दम्पती फरार छन्,’ उनले भने ‘खोजी कार्य तीव्र बनाएका छौँ ।’
मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।(सांकेतिक तस्बिर)

