छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु



भक्तपुर। सुर्यबिनायक नगरपालिका-७ गुण्डु तीनधारेस्थित सडकमा दुर्घटना हुंदा सोही नगरपालिकाको वडा नं ५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीया राजाराम थापामगरको मृत्यु भएको छ ।

बा.प्र.०२-०२२ प १७४८ नम्बरको स्कुटर र बा.प्र.०२-०१७ प ५०१२ नम्बरको स्कूटर एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुदाँ गम्भीर घाइते भएका बा.प्र. ०२-०२२ प १७४८ नम्बरको स्कुटर चालक उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा घाइते भएकी बा.प्र.०२-०१७ प ५०१२ नम्बरको स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उता,चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकस्थित सडकमा ना.५४ प ५८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक भरतपुर महानगरपालिका-७ नारायणपुर चोक बस्ने ३५ वर्षीय मनोज तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्