बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

आज एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका हुन्। प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिंदै उनले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारी भइ रहेको जानकारी समेत गराएका छन्।

प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल,नागरिक समाज र सामाजिक संस्थाहरूसँग अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्